प्रदेश १ मा सत्ता पक्षबाटै बैठक अवरुद्धको अचम्मको अभ्यास

काठमाडौं । प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढ्ने भएपछि सरकारले नै प्रदेशसभाको बैठक अवरुद्ध गर्ने भएको छ । संसद सचिवालयले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी गरेपछि सत्तारुढ केपी ओली समूहले नै बैठक अवरुद्ध गर्ने तयारी हो । संसदीय व्यवस्थामा सत्तारुढ दलका तर्फबाटै यसरी संसद बैठक नै बस्न नदिने अभ्यास नौलो हो । यस अघि पनि सत्तारुढ दलले संसदमा अविश्वासको प्रस्ताव टेबल हुनै दिएको थिएन । २५ माघमा पनि सत्तारुढ दलका तर्फबाट अवरुद्ध भएपछि बैठक स्थगित गरी आजका लागि बोलाइएको थियो । तर, आज पनि सत्तारुढ दलका तर्फबाटै बैठक अवरुद्ध गर्ने तयारी भएको हो । प्रचण्ड ओली पक्षका १६ सांसद मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव हालेका थिए । तर, उनीहरुले अविश्वासको प्रस्ताव हालेपछि सत्तारुढ ओली समूहले उनीहरुलाई निलम्बन गर्ने निर्णय गर्यो । निलम्बन भएकाहरु कारवाहीमा परेको भन्दै ओली समूहले दल विभाजन नभईकन उनीहरुले अघि बढाएको प्रस्तावको अर्थ नहुने र कारवाहीमा परेकाले संसदमा प्रवेश जिकिर गर्दै आएको छ । तर, प्रचण्ड समूहले पनि अविश्वासको प्रस्ताव टेबल गर्न पाउनुपर्ने बताउँदै आएको छ । प्रतिपक्षी कांग्रेसले पनि बैठक बस्नुपर्ने भन्दै अविश्वासको प्रस्तावमा छलफल गर्न पाउनुपर्ने बताउँदै आएको छ ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया