NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

आन्द्रामा ट्युमरको आशंकापछि बाबुराम उपचारका लागि दिल्लीमा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई आन्द्रामा ट्युमरको आशंका गरिएको छ । पेटमा समस्या रहँदै अाएका भट्टराई आन्द्रामा ट्युमरको आशंकामा उपचारका लागि भारतको दिल्ली गएका हुन् । पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा डा. भट्टराईले परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो(इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा उपचार गर्न गएको उनको सचिवालयले जनाएको छ । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उको त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ । उपचारका क्रममा भट्टराईसँगै पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे पनि साथमा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष