NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

कञ्चनपुर जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । देश दौडाहमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) कञ्चनपुर जाने भएका छन् । कञ्चनपुरमा रहेको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका निम्ति प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । अहिले बिहान साढे ११ बजेका लागि तय शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आउन लागेको औद्योगिक क्षेत्र व्यवस्थापनले जनाएको छ । सरकारले औद्योगिक क्षेत्रको शिलान्यासलाई तीव्रता दिएको छ । यसै साता मात्रै सरकारले ४ वटा औद्योगिक क्षेत्रको शिलान्यास गरेको छ । बाँकेको नौबस्ता, रूपन्देहीको मोतीपुर, मकवानपुरको मयुरधाप र झापाको दमकमा एक साताको बीचमा औद्योगिक क्षेत्र शिलान्यास गरिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष