यसरी हालियो मेलम्चीको सुरूङमा पानी, वैशाखसम्म काठमाडौंमा पानी झर्ने [फोटोफिचर]

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानीको सुरुङमा आजबाट पानी परीक्षण गर्न सुरु गरिएको छ । २६ किलोमिटर सुरुङमा पानी पठाएर परीक्षण सुरु गरिएको हो । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै खानेपानी मन्त्री मणि थापाले मेलम्चीतर्फ सुरुङको मुखबाट यसको सुरुवात गरेका हुन् । साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । सुरुङ भरिएपछि पनि परीक्षण गर्न केही समय त्यत्तिकै राखिन्छ । परीक्षण सफल भएपछि वैशाखको सुरुबाटै मेलम्चीको पानी सुरुङमार्फत् सुन्दरीजलमा खसालेर काठमाडौंमा वितरण गरिनेछ ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया