NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

प्रदेश प्रमुखले राखे राष्ट्रपति र प्रधानमन्त्रीको भन्दा ठूलो पृथ्वीनारायण शाहको तस्बिर

काठमाडौं । केही दिन अघि मात्रै प्रदेश २ को प्रदेश प्रमुख बनेका राजेश झाले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको पूर्णकदको तस्बिर राखेका छन् । पत्रकार र लेखकसमेत रहेका झाले कार्यालय प्रवेशका क्रममा नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको तस्बिर राखेका हुन् । राष्ट्रवादी व्यक्तिको छवि बनाएका झाले पदबहाल गर्नु अघि नै शाहको तस्बिर आफ्नो कार्यकक्षमा राख्न लगाएका थिए । झाले ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई साक्षी राखेर काम प्रारम्भ गरे । यसमा आलोचना र विरोध गर्नुपर्ने केही छैन, बरु यो राष्ट्रनिर्माताप्रतिको सम्मान हो, यो आवश्यक छ ।’ भन्ने प्रतिक्रिया दिएका छन् । झाको कार्यकक्षमा उनकै कुर्सीदेखि माथि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पनि फोटो झुण्ड्याइएको छ । तर, राष्ट्रपति र प्रधानमन्त्रीको भन्दा पृथ्वीनारायण शाहको फोटो धेरै ठूलो र पूर्णकदको देख्न सकिन्छ । यो पनि पढ्नुस् को हुन् प्रदेश २ का नयाँ प्रदेश प्रमुख झा ? झाले शाहको फोटो राखेपछि उनले सामाजिक संजालमार्फत् प्रशंसा बटुल्न थालेका छन् । ‘प्रदेश २ का नवनियुक्त प्रमुख डा राजेश झा अहिराजले आफू बहाल गर्नुअघि कार्यकक्षमा पृथ्वीनारायण शाहको पूर्णकदको फोटो राख्न लगाएका छन्। यो कार्य प्रशंसनीय छ। धन्यवाद माननीय डा. राजेश अहिराज ज्यू ! पृथ्वीनारायण शाहविनाको नेपाल कल्पना हुनै सक्दैन।’ पूर्व सचिव भीम उपाध्यायले सामाजिक संजाल फेसबुकमा लेखेका छन् । गत शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई हटाएर झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । यो पनि पढ्नुस् राष्ट्रपतिले किन गरिन् प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त ?

ताजा अपडेट

नेपालवाच विशेष