NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

छापामा आज: प्रधानन्यायाधीश-प्रधानसेनापति भेट विवादमा, अनुत्तरित प्रश्न

संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाले मंगलबारको अंकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीचको भेटलाई प्राथमिकता दिएका छन्। सोमबार भएको यो भेटलाई सेनाले दुई निकायबीच जग्गासम्बन्धी समन्वय गर्नुपर्ने भएकाले सेनापति सर्वोच्च अदालत गएको दाबी गरे पनि मुलुक संवैधानिक एवं राजनीतिक संकटमा रहेका बेला भएको भेटलाई अनेकन कोणबाट अथ्र्याइन थालिएको छ। नयाँ पत्रिकाले ‘आश्चर्यजनक भेट, अनुत्तरित प्रश्न’ शीर्षकमा मुख्य समाचार छापिएको छ। हाइलाइटमा भनिएको छ, ‘गौरवशमशेर प्रधानसेनापति र सुशील कोइराला प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्ले निर्णय गरेर सर्वोच्चलाई जग्गा दिने निर्णय भइसकेको थियो, सिंहदरबारको सो जग्गामा रहेको क्याबलरी राजेन्द्र क्षेत्री प्रधानसेनापति हुँदा नारायणहिटी सारिएको छ, त्यही विषयमा अहिलेको भेट आश्चर्यजनक।’ प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले अहिले फैसला दिने तयारी गरिरहेका बेला पूर्वसन्ध्यामा प्रधानन्यायाधीश र प्रधानसेनापतिको भेट स्वाभाविक हो ? धेरैले आशंका गरेको नयाँ पत्रिकाले उल्लेख गरेको छ। यसैगरी, कान्तिपुर दैनिकले पनि ‘प्रधानसेनापतिको विवादास्पद भेट’ शीर्षकमा समाचार छापेको छ। कान्तिपुरले लेखेको छ, ‘प्रधानन्यायाधीश नेत्तृवको संवैधानिक इजलाशमाथि प्रतिनिधिसभा विघटको पक्ष वा विपक्षमा निर्णय लिनुपर्ने निर्णायक दबाब परिरहेका बेला प्रधानसेनापति अन्य कारण देखाउँदै अदालतभित्र छिरेका छन्। आजको अन्नपूर्ण पोस्टले ‘मेलम्चीमा आश पलायो’ शीर्षकमा मुख्य समाचार छापेको छ।सोमबार मेलम्ची आयोजनाले दोस्रो पटक सुरुङ परीक्षण गरेको थियो।

ताजा अपडेट

नेपालवाच विशेष