निर्वाचन सामग्री खरिदका लागि १४ करोड ४० लाखको बोलपत्र आह्वान, कुन-कुन सामग्री किन्दैछ आयोग?

निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ का लागि तय भएको मध्यावधि निर्वाचनका लागि निर्वाचन सामग्री गरिद गर्न साढे १४ करोडको बोलपत्र आह्वान गरेको छ। प्रतिनिधिसभा विघटनसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको र इजलासले फैसलाको तयारी भइरहेका बेला आयोगले मंगलबार १४ करोड ४० लाखको बोलपत्र आह्वान गरेको हो। आयोगले ११ शीर्षकमा सामग्री खरि गर्न लागेको हो। बोलपत्रदाताहरुले आयोगबाट फागुन ११ गतेदेखि १७ गतेका बीच कार्यालय समयभित्र बोलपत्र फाराम खरिद गर्न सकिने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गराइसक्नु पर्ने छ। ‘सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद कार्य प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्रीहरुको व्यवस्थापन गर्न असम्भवप्रायः भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ को व्यवस्था बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशित गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया