डा. बाबुराम भट्टराई दिल्लीको अस्पतालमा भर्ना

काठमाडौं । आन्द्रामा ट्युमरको आशंकामा उपचारको लागि दिल्ली पुगेका पूर्व प्रधानमन्त्री एवं जसपाका नेता डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको उनको स्वकीय सचिवालयले जनाएको छ । ‘पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा बिहान ९ बजेदेखि भर्ना गरिएको छ । आज दिनभर उहाँलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ ।’ भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले सामाजिक संजालमा लेखेका छन् । पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा डा. भट्टराईले परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो(इन्डोक्राइन)को ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा उपचार गर्न गएको उनको सचिवालयले जनाएको छ । यो पनि पढ्नुस् आन्द्रामा ट्युमरको आशंकापछि बाबुराम उपचारका लागि दिल्लीमा
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया