हेटौंँडामा एकआपसमा सुमो ठोक्किदा ११ जना घाइते

हेटौंँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान हेटौंँडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र तिनको सामान्यावस्था छ । प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ । रासस
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया