NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किए पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई काठमाडौं फर्किएका छन् । दिल्लीमा स्वास्थ्य परीक्षण पूरा भएपछि उनी नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किएका हुन् । भट्टराई न्युरो इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि दिल्ली पुगेका थिए। यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएकामा न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका थिए। तर, देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुईरतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव छ।

ताजा अपडेट

नेपालवाच विशेष