यसरी पठाइयो बागमतीमा मेलम्चीको पानी [भिडियो]

काठमाडौं – लामो समयको प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं आइपुगेको छ। १० फागुनमा सुरुङमा हालिएको मेलम्चीको पानी शनिबार साँझ सुन्दरीजल आइपुगेको हो। उक्त पानी मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्रबाट बागमती नदीमा पठाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर मेलम्चीको पानी बागमतीमा पठाएका हुन्। सुरुङ परीक्षणका लागि पानी हालिएकाले फोहोर आउने भएकाले बागमती नदीमा पठाइएको हो।
प्रतिक्रिया