देशभरीका कार्यकर्तालाई नेपालको सर्कुलर : ‘ओलीविरुद्ध हाम्रो जित निश्चित छ’ (सर्कुलरसहित)
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशभरीका आफ्ना कार्यकर्तालाई आत्मविश्वासका साथ अघि बडढ्न अनुरोध गर्दै सर्कुलर जारी गरेका छन् । नेपालको हस्ताक्षरमा जारी गरिएको आन्तरिक सर्कुलरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको लडाइँमा आफूहरुको जित सुनिश्चित भएको दावी गरिएको छ । सर्कुलरमा भनिएको छ, ‘आत्मविश्वासका साथ हामी सबै अघि बढौं । जित हाम्रो निश्चित छ ।’ चैत ४ र ५ गते गरिएको छुट्टै भेला, त्यसअघि र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निर्णयहरू समेटेर सर्कुलर पठाइएको हो । सर्कुलरमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट पारित नीति र विधि अनुसार नचलेको आरोप समेत लगाइएको छ । ओलीले सोधेको स्पष्टीकरण सम्बन्धमा पनि सर्कुलरमा उल्लेख गरिएको छ । त्यसमा ओलीले सोधेको कथित स्पष्टष्टीकरणको प्रतिउत्तर दिइसकेको जानकारी गराउँदै ओलीको कारबाहीबाट कत्तिपनि नआत्तालिन कार्यकर्तालाई अनुरोध गरिएको छ । यस्ताे छ नेपालले पठाएकाे आन्तरिक सर्कुलर
ताजा अपडेट
-
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
-
सहकारीको रकम हिनामिना : छानबिन समितिको कार्यादेश टुंगाे लगाउन कार्यदलको बैठक जारी
-
कुरिनटारमा ट्रक र माइक्रोबस ठोक्किए, १५ जना घाइते
-
‘कोषका पदाधिकारीको निर्देशन’मा पशुपतिको भेटी चोरी, ८ पक्राउ
-
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
प्रतिक्रिया