फागुनसम्म ६ खर्ब १४ अर्ब बराबरको रेमिट्यान्स भित्रियो
काठमाडौँ । पछिल्लो ८ महिनामा देशमा ६ खर्ब ४२ अर्ब १४ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार रेमिट्यान्स ८.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिमा भन्दा रेमिट्यान्स यस बर्ष १.५ प्रतिशतले बढेको हो । यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २४.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २.७ प्रतिशतले घटेको थियो । राष्ट बैंकको तथ्यांक अनुसार गत असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भएको छ । गत फागुन मसान्तसम्म १४ खर्ब ३६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
ताजा अपडेट
-
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
-
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
-
सहकारीको रकम हिनामिना : छानबिन समितिको कार्यादेश टुंगाे लगाउन कार्यदलको बैठक जारी
-
कुरिनटारमा ट्रक र माइक्रोबस ठोक्किए, १५ जना घाइते
-
‘कोषका पदाधिकारीको निर्देशन’मा पशुपतिको भेटी चोरी, ८ पक्राउ
प्रतिक्रिया