संसद्मा विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विस्वासको मत लिने तयारी गरेका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा त्यसको संकेत गरेका हुन् । जारी राजनीतिक गतिरोध अन्त्यका लागि संसदमा विश्वासको मत माग्ने मनसाय व्यक्त गरेका हुन् । संसदमा विश्वासको मत मागेर त्यसबाट आउने परिणामका आधारमा वर्तमान सरकारलाई नै अगाडि बढाउने रणनीतिमा ओली रहेको बैठकमा सहभागी एक मन्त्रीले बताए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सरकारबाट समर्थन फिर्ता लिइनसकेको नेकपा माओवादीको आगामी दिनको सम्भावित चालबारे पनि बैठकमा छलफल भएको ती मन्त्रीले जानकारी दिए । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली नेतृत्वको सरकारको विकल्प खोज्न भन्दै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी एक खेमामा देखिएका छन् । तर ओली नेतृत्वको सरकारले जसपाले राखेका माग सम्बोधन गरिदिए यही सरकारलाई नै साथ दिने जसपाले बताउँदै आएको छ । ‘जसपालाई सरकारमा ल्याउनेबारे पनि एक चरणको छलफल भएको छ,’ ती मन्त्रीले भने,‘यससँगै संसदमा विश्वासको मत माग्नेतर्फ पनि जान सकिन्छ भन्ने प्रधानमन्त्रीको आशय थियो ।’
ताजा अपडेट
-
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषणा
-
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
-
पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी
-
मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल
-
घट्यो सुनको मूूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया