NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

संसद्‌मा विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विस्वासको मत लिने तयारी गरेका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा त्यसको संकेत गरेका हुन् । जारी राजनीतिक गतिरोध अन्त्यका लागि संसदमा विश्वासको मत माग्ने मनसाय व्यक्त गरेका हुन् । संसदमा विश्वासको मत मागेर त्यसबाट आउने परिणामका आधारमा वर्तमान सरकारलाई नै अगाडि बढाउने रणनीतिमा ओली रहेको बैठकमा सहभागी एक मन्त्रीले बताए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सरकारबाट समर्थन फिर्ता लिइनसकेको नेकपा माओवादीको आगामी दिनको सम्भावित चालबारे पनि बैठकमा छलफल भएको ती मन्त्रीले जानकारी दिए । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली नेतृत्वको सरकारको विकल्प खोज्न भन्दै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी एक खेमामा देखिएका छन् । तर ओली नेतृत्वको सरकारले जसपाले राखेका माग सम्बोधन गरिदिए यही सरकारलाई नै साथ दिने जसपाले बताउँदै आएको छ । ‘जसपालाई सरकारमा ल्याउनेबारे पनि एक चरणको छलफल भएको छ,’ ती मन्त्रीले भने,‘यससँगै संसदमा विश्वासको मत माग्नेतर्फ पनि जान सकिन्छ भन्ने प्रधानमन्त्रीको आशय थियो ।’