NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

शुक्रबार थपिए ५७२७ नयाँ संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घन्टामा देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। ​स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३९१ जनाको पिसिआर र ५ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जना संक्रमित भेटिएका हुन् । यो संख्या नेपालमा कोरोना संक्रमण सुरु भएयताकै बढी हो । योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । आज देशभर ९२८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८१ हजार ९५ जनाले कोरोनालाई जितेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । आज देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।