गण्डकी र सुदूरपश्चिम नयाँ प्रदेश प्रमुख नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।
ताजा अपडेट
-
कति छ प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति ?
-
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
-
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया – सहकारी ठगीबारे लेख्न एक इन्च पछि हटिन्न
-
फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान
-
नीति तथा कार्यक्रममाथि छलफल शुक्रबार हुने
प्रतिक्रिया