NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

रेहमानको ‘नाइन्टी नाइन संग्स’ मे २१ मा प्रदर्शन हुने

भारतीय संगितकार तथा गायक एआर रेहमानको निर्माणमा बनेको फिल्म ‘नाइन्टी नाइन संग्स’ को प्रदर्शन मिति तोकिएको छ । ओटिटि माध्यमबाट प्रशारण हुने सिनेमाका लागि आगामी २१ तारिख तोकिएको हो । रेहमानकै लेखन तथा निर्माणमा रहेको फिल्म नेटफिल्क्स र जियो सिनेमामा प्रदर्शन हुन लागेको हो । फिल्म हिन्दीसँगै तेलगु र तामिल भाषामा पनि रहेको छ । रहेमानले लेखन र निर्माणसँगै सिनेमाका लागि संगितमा पनि काम गरेका छन् । केही समयअघि भारतीय सञ्चारमाध्यम इन्डियन एक्प्रेससँगको कुराकानीम उनले सिनेमा एक संगितकारको कथा भएको बताएका थिए । उनले भनेका थिए, ‘अति साधारणदेखि साधारण र जटिल अनि फेरि जटिलबाट साधारणतर्फ आएको संगितको कथा हो यो ।’ सिनेमालाई विश्वेष कृष्णमुर्तीले निर्देशक गरेका हुन् भने सिनेमामा इहान भट र एडिलसी भेगासले अभिनय गरेका छन् । इहानको यो पहिलो सिनेमा हो । View Post सिनेमामा जय नामको एक युवकको कथालाई देखाइएको छ, जसको जीवन उसको दुई प्रेमिका संगित र प्रेमिका सोफीको वरपर घुमेको छ । ओटिटीमा मे २१ मा प्रर्दशन हुने सिनेमा पर्दामा भने यहि वर्ष अप्रिल १६ मा प्रदर्शन भइसकेको छ ।