NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

भारतको गंगा नदिको पानीको कोरोना टेस्ट हुने

भारतस्थित गंगा नदिमा कोरोना संक्रमितको शब बगेको तस्बिर पुरै विश्वले देखेको थियो । संक्रमितको शव नदिमा बगेको दृश्य बाहिरिएपछि भारतसँगै विश्वमा नै एक तरंग पैदा भएको थियो । अब भने संक्रमितको शव बगाइएको गंगाको पानी कति दुषित भयो भन्ने परिक्षण हुने भएको छ । भारतको जलशक्ति मन्त्रालयको नेशनल मिशन फर क्लिन गंगा अन्तर्गत गंगाको परिक्षण हुने भएको हो । कोरोना संक्रमितको शव गंगामा बगेपछि पानी कति मात्रामा दुषित भयो भनेर परिक्षण गर्न लागिएको हो । गंगाको परिक्षणको जिम्मा भने इन्स्टिच्युट अफ टास्कोलजिकल रिसर्च, लखनउले यसको परिक्षण गर्न लागेको हो । गंगाको पानी परिक्षणका लागि बस्कर, पटना, भोजपुर र सारणबाट स्याम्पल लिन थालिएको छ । सबैभन्दा पहिले कोरोना संक्रमितको शव बस्करको किनारमा देखिएको थियो । गंगाको पानीमा भएको बदलावलाई जाँच गर्न बिहार राज्य प्रदुषण नियन्त्रणको जिम्मेवारीमा थियो । तर, कोरोना संक्रमितसँग जोडिएको मुद्दा भएकाले हाल यसको परिक्षणको जिम्मा इन्स्टिच्युट अफ टास्कोलजिकल रिसर्चलाई दिइएको छ । परिक्षणको काम आगामी हप्ताबाट सुरु हुने जनाइएको छ ।