थापालाई लिङ्देनको जवाफ, ‘मैले पार्टीमा कसैमाथि विभेद गरेको छैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आफूले कसैमाथि विभेद नगरेको बताएका छन् । आज पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदै उनले यस्तो बताएका हुन् । सो अवसरमा अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्य मनोनयनमा कुनै पनि विभेद नगरेको स्पष्ट पारे । मनोयनका विषयमा केही भ्रम पैदा भएको छ । मैले विधानअनुरुप समावेशितालाई पूर्ण पालना गर्नेछु’, उनले भने, ‘आवश्यकताका अनुसार मैले पार्टीका नेताहरूलाई केन्द्रीय समितिमा ल्याएको हुँ ।’ लिङ्देनले असन्तुष्ट पक्षलाई समेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने प्रतिबद्धता जनाए । अध्यक्षका पराजित कमल थापा पक्षले केन्द्रीय सदस्य छनोटमा लिङ्देनले विभेद गरेको बताइरहेको छ । यसको जवाफ उनले दिएका हुन् ।
प्रतिक्रिया