मौसम : पहाडमा बदली, तराईमा हुस्सु, भोलि पानी पर्ने

काठमाडौं । शुक्रबार पनि देशभरको मौसममा बदली आउने भएको छ । पश्चिमी वायुको प्रभाव यथावत् रहेकाले केही दिन वर्षा, हिमपात यथावत् रहने मोसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, शुक्रबार बिहान देशभरका पहाडी भूभागमा बदली भएको छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा भने हुस्सु र कुहिरो छ । दिउँसो प्रदेश १ का पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना औंल्याइएको छ । महाशाखाका अनुसार, शनिबार तीन प्रदेश वाग्मती, गण्डकी र प्रदेश १ का केही भागमा हल्का वर्षा हुने खतरा छ ।
प्रतिक्रिया