कतारका राजकुमारले चढे अमादब्लाम हिमाल
काठमाडौं । कतारका राजकुमार शेख महोम्मद विन अबदुल्ल्लाहले आज अमादब्लम हिमालको आरोहण गरेका छन् । राजकुमारसहितको १४ सदस्यीय टोलीले हिमाल आरोहण गरेको हो । उक्त टोलीको हिमाल आरोहणको व्यवस्थापन हिमालय गाइड्स नेपालले गरेको थियो । संस्थाका निर्देशक उमिद भण्डारीले राजकुमारको सरल व्यक्तित्वका कारण आरोहण व्यवस्थापन सहज भएको बताए । बुधवार विहान ११ः२० मा आरोहण गरेपछि उक्त टोली क्याम्प १ मा फर्किने क्रममा छन् । खुम्बु क्षेत्रमा पर्ने यो हिमालको उचाई ६ हजार आठ सय १२ मिटर छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया