NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

नेपाल–भारत परराष्ट्र सचिव वार्तामा के–के भयो ?

काठमाडाै‌ं । नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले छलफलको राम्रो शुरुवात भएको प्रतिक्रिया दिए । उनले दुई देशकोबीचमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताए । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताए । वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृंगला सहभागी थिए । भारतीय विदेश सचिव श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका हुन् ।