हेलिकप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेजको 9N-AJJ कलसाइनकाे हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । आइतबार दिउँसोे १ बजे बाग्लुङको गल्कोटबाट काठमाडौंको लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएको हो । उक्त हेलिकप्टर नुवाकोट बेलकोटगढी नगरपालिका वडा नंबर ६ झिल्टुङमा आकस्मिक अवतरण गरिएको छ । क्याप्टेनसहित पाँचजना सवार उक्त हेलिकप्टरको अवस्था सामान्य रहेको कैलाश हेलिकप्टर सर्भिसेजका अपरेशन चिफ श्रीहरि कुइंकेलले जानकारी दिए । ‘यात्रुलाई काठमाडौं ल्याइसक्यौं । अलि ठूलै चरा ठोक्किएजस्तो देखिन्छ । हेलिकप्टरको अगाडिको सिसा फुटेको छ, अरु सबै सामान्य छ,’ उनले भने । याे पनि पढ्नुस् जहाजलाई चराको जोखिम : यस्ता छन् चराले गराएका ठूला दुर्घटना
प्रतिक्रिया