प्रधानमन्त्री ओली अब टिकटकमा

काठमाडौं । लोकप्रिय भिडियो सेयरिङ एप टिकटकमा भारत र अमेरिकामा प्रतिबन्ध लागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमा अकाउन्ट खोलेका छन् । आइतबार खोलिएको उक्त अकाउन्ट ‘भेरिफाइड’ पनि भइसकेको छ । प्रम ओलीको अकाउन्टमा अहिले एउटामात्र भिडियो अपलोड गरिएको छ । हालसम्म एक लाख ६५ हजार भन्दा बढीले हेरेको उक्त भिडियोमा दश हजार भन्दा बढीले लाइक गरिसकेका छन् । अकाउन्टलाई १८ हजार भन्दा बढीले फलो गरिसकेका छन् । भिडियोमा उनले भनेका छन्, ‘मालपोत, विद्युत महशुल, आन्तरिक राजस्व, भन्सार महशुल, सवारी चालक अनुमति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकिकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया सुरु भइसकेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउनेगरि कामसमेत अघि बढाएको छ
प्रतिक्रिया