देशैभर सल्बलाए राजावादी, काठमाडौंमा पनि प्रदर्शन [फोटोफिचर]

काठमाडौं । दुई तिहाईकाे सरकारले जनपक्षीय काम गर्न नसकेको आरोप पार्टीभित्रैबाट खेपिरहेका बेला राजावादीहरुले पछिल्लाे समय देशैभर प्रदर्शन गरिरहेका छन् । राजावादीहरुले बेरोजगारी युवालाई रोजगारी दे, शिक्षा र स्वास्थ्यमा भएको व्यवासायीकरण खारेजी गर्न, राष्ट्रिय एकता कायम गर्नेसहितका माग लिएर दिनहुँजस्तो देशभरका सहरमा प्रदर्शन गरिरहेका छन् । यस्तै मागसहित उनीहरुले सोमबार काठमाडौंमा पनि प्रदर्शन गरे । काठमाडौंमा राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै राजतन्त्रको पक्षमा चर्का नाराबाजी गरे । राष्ट्रिय झण्डासहित हजारौंको संख्यामा उपस्थित भएर उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राजा आऊ देश बचाउ भन्दै चर्का नाराबाजी गरेका थिए । यस अघि राजावादीहरुले पोखरा, धनगढी, जनकपुरसहितका देशका विभिन्न ठाउँमा प्रदर्शन गरिसकेका छन् ।
प्रतिक्रिया