NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

महिनैपिच्छे भारतीय दुतावास धाउँछन् बाबुराम भट्टराई, दिनको दुई पटकसम्म छिरेको ‘ट्रयाक रेकर्ड’

काठमाडौं । प्रधानमन्त्री भइसकेका डा. बाबुराम भट्टराईलाई नेपाली राजनीतिमा भारतपरस्त नेताको आरोप लाग्दै आएको छ । उनका सहयोद्धा पुष्पकमल दाहाललेसमेत पार्टीको औपचारिक दस्तावेजमै भारतपरस्त नेताको आरोप लगाएका थिए । उनलाई पूर्वमाओवादीभित्रमात्र होइन, अन्य दलहरूले समेत यस्तो आरोप लगाउँदै आएका छन् । भारतीय दुतावाससँग जोडिएर पछिल्लो चार महिनामा देखिएको भट्टराईको गतिविधीले पनि यस्तो आरोपलाई बल पुर्याएको छ । प्रधानमन्त्री भइसकेको नेता, प्रमुख दलको मुख्य नेता बारम्बार अनाधिकृत रुपमा भारतीय दुतावास प्रवेशको घटनाले डा. बाबुराम भट्टराईमाथि गम्भीर प्रश्न उठाएको हो । नेपालवाच डट कमले पूर्वप्रधानमन्त्री भट्टराईको चार महिनाको भारतीय दुतावास आवत–जावतको ट्रयाक रेकर्ड फेला पारेको छ । ट्रयाक रेकर्ड अनुसार दुतावाससँग उनको सम्वन्ध अस्वभाविक बाक्लो छ । भदौ ९ गतेदेखि मंसीर १३ गतेसम्म मात्र बाबुराम भट्टराई ५ पटक भारतीय दुतावास लैनचौर पुगेका छन् । यसमध्ये कार्तिक महिनामा भने उनको गतिविधि शुन्य छ । यस अवधिमा भट्टराई कोरोना संक्रमण भएर घरमा आराम गरिरहेका थिए । कुन दिन, कति बजे, कति समय बसे बाबुराम भारतीय दुतावास ? पछिल्लो समय मंसीर ५ गते शुक्रबार भट्टराई बा १८ च २८९८ नम्बरको गाडी चढेर साँझ ६ बजे भारतीय दुतावास लैनचौर छिरेका थिए । उनी ४० मिनेट पश्चात अर्थात ६ – ४० बजे दुतावासबाट बाहिरिए । यस्तै भदौ ९ गते राती ८ बजे, भदौ १३ गते विहान ९ बजे, भदौ २१ गते राती ७ बजे पनि भट्टराई भारतीय दुतावास पुगेका थिए । ट्रयाक रेकर्ड अनुसार भट्टराई एकै दिन दुई पटकसम्म दुतावास गएका छन् । गत असोज २ गते उनी दुई पटक दुतावास छिरेका थिए । असोज २ गते विहान १० बजे बा १८ च २८९८ को गाडी प्रयोग गरेर भट्टराई दुतावास छिरेका थिए । उनी ११ बजेर १० मिनेट जाँदा दुतावासबाट बाहिरिए । त्यहीदिन फेरि उनी साँझ ७ बजेर १९ बजे दुतावास छिरे । र ५० मिनेट बसेर फर्किए । पूर्वप्रधानमन्त्री भट्टराईको दुतावास प्रवेशको ट्रयाक रेकर्ड यस्तो छ भदौ ९ गते – मंगलबारदुतावास प्रवेश समय : रातको ८ बजेदुतावासबाट बाहिरिएको समय : ८ – ४० बजे ।दुतावास जाँदा प्रयोग गरेको गाडी : बा ८ च ७५८ भदौ १३ गते– शनिबारदुतावास प्रवेश समय : विहान ९ बजेदुतावासबाट बाहिरिएको समय : ९ – २५दुतावास जाँदा प्रयोग गरेको गाडी : बा ८ च ७५८ (सेतो स्कार्पिओ) भदौ २१ गते – आइतबारदुतावास प्रवेश समय : साँझ ७ बजे ।दुतावासबाट बाहिरिएको समय : ८ – १० बजे ।दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ) असोज २ गते – शुक्रबारदुतावास प्रवेश समय : विहान १० बजेदुतावासबाट बाहिरिएको समय : विहान ११ – १० बजे ।दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ) त्यही दिनदुतावास प्रवेश समय : साँझ ७ बजे ।दुतावासबाट बाहिरिएको समय : साँझ ७ – ५० बजे ।दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ) मंसिर ५ गते – शुक्रबारदुतावास प्रवेश समय : साँझ ६ बजे ।दुतावासबाट बाहिरिएको समय : साँझ ६- ४० बजे ।दुतावास जाँदा प्रयोग गरेको गाडी : बा १८ च २८९८ (सेतो स्कार्पिओ) यो पनि पढ्नुस् दूतावास धाउनेमा पूर्व गृहमन्त्री सिटौला पनि