NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

पौडेलको उपचारमा संलग्न डाक्टर भन्छन्– उहाँको स्वास्थ्यमा त्यस्तो केही समस्या थिएन

काठमाडौं । तनहुँमा पक्राउ परेका कांग्रेस नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा खासै समस्या नदेखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दमौलीस्थित रत्नहरी अस्पतालमा पौडेलको उपचारमा संलग्न चिकित्सकले पौडेलको स्वास्थ्यमा त्यस्तो कुनै समस्या नदेखिएको बताएका हुन् । अस्पतालका अनुसार पौडेलको उपचारमा डा. रामकुमार श्रेष्ठ र डा. इन्द्रकुमार यादव खटिएका थिए । नेपालवाचले पौडेलको उपचारमा खटिएका डा. इन्द्रकुमार यादवलाई सम्पर्क गरी अस्पताल आउँदा नेता पौडेलको स्वास्थ्य अवस्थाका बारेमा चासो राखेका थियौँ । डा. यादवले नेता पौडेलको शरिरमा कुनै चोट पटक नदेखिएको बताए । ‘त्यस्तो कुनै चोट लागेको देखिएन । भित्री फ्याक्चर पनि देखिएन, उनले भने, उहाँले दुख्यो भन्नुभएकोले दुखाई कम गर्ने ओषधी लेखेर आराम गर्न भनेका थियौँ ।’ उनले विभिन्न समाचारमा आएकोजस्तो स्वास्थ्यमा समस्या नदेखिएको बताए । ‘हिजो हामीले हेर्दासम्म त्यस्तो कुनै समस्या थिएन, मेडिसन दिएर आराम गर्नुस् भनेर पठाएका हौँ, अहिले के भइरहेको छ थाहा भएन’ उपचारमा संलग्न डा. यादवले नेपालवाचसँग भने । उनले शरिरको केही भागमा केही डामहरु भने देखिएको बताए । ‘डाम त देखिन्थ्यो तर एकदमै सामान्य खालका थिए, बाँकी खासै समस्या थिएन ।’ उनले नेता पौडेल उपचारका लागि अस्पताल पुग्दा फ्रेस देखिएको पनि बताए । उनले भने, ‘कुनै विरामीलाई पछि लक्षण देखिन सक्छ तर हिजो ठीक हुनुहुन्थ्यो । पछि हामीसँग सम्पर्क नभएकाले कस्तो छ थाहा भएन ।’ यो पनि पढ्नुस् पुलिसले पक्राउ गर्दा रामचन्द्र पौडेलको छातीमा चोट, बोल्नलाई समस्या यसरी पक्राउ परे कांग्रेस नेता रामचन्द्र पौडेल (भिडियोसहित) पुलिसको डण्डाबाट पेलिएका करङ हिजोभन्दा आज झन् बढी दुख्यो : पौडेल