कोरोना संक्रमण हुने भन्दा निकाे हुनेको संख्या बढी, २४ घण्टामा १०९६ संक्रमित थपिए, १७५२ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको दर घटेको सरकारको तथ्यांकबाट देखिएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सोही अवधिमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या एक हजार सात सय ५२ पुगेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ रहेको मन्त्रालयले जनाएको छ । अद्यावधिक तथ्यांक अनुसार नेपालमा कोरोना भाइरस संक्रमित हुनेको कुल संख्या २४ लाख नौ हजार ८१ पुगेको छ । त्यस्तै निको हुनेको संख्या २२ लाख ५ हजार ५ पुगेको छ । नेपालमा हालसम्म ७८ वटा प्रयोगशालामार्फत १७ लाख ८४ लाख ५ सय १९ ले पिसिआर परीक्षण गराईसकेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंमा तीन सय ५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १७ छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ९४ पुगेको छ ।
प्रतिक्रिया