NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

सर्वदलीय बैठक बीचमैं छोडेर निस्किए देउवा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक बीचमैं छोडेर कांग्रेस सभापति शेरबहादुर देउवा निस्किएका छन् । बालुवाटारमा भएको बैठकमा आफ्ना कुरा राखेर देउवा बैठक स्थलबाट निस्किएको जानकारी उनका स्वकीय सचिव भानु देउवाले दिए । ‘सभापति आफ्ना कुरा राखेर निस्कनुभएको छ । तर, कांग्रेसबाट रामचन्द्र दाइसहितका अरु नेताहरु पनि सहभागी हुनुहुन्छ’ भानुले भने, ‘घरमा पहिलेदेखि नै भेटघाट तय भएकोले उहाँ छिटो निस्कनु भएको हो ।’ प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारेमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । पछिल्लो समय सत्तारुढ नेकपामा आन्तरिक संघर्ष उत्कर्षमा पुग्दा सर्वदलीय बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।