राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जलाएर नेविसंघले गर्याे विरोध [फोटोफिचर]
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको भ्रातृ संस्था नेविसंघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जलाएका छन् । संविधानको व्यवस्था विपरीत राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै उनीहरुले विरोधमा काठमाडौंको शंकरदेव क्याम्पस अासपास भण्डारी र ओलीको फोटो जलाएका हुन् । विरोध प्रदर्शनमा बोल्दै नेविसंघ नेता रत्नहरि ढुंगेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आपत्ति जनाए । कांग्रेसले राणादेखि राजालाई फालेको भन्दै केपी ओलीको अधिनायकवादी शैलीलाई परास्त गरेरै छाड्ने चेतावनी उनले दिएका छन् । विराेध कार्यक्रमकाे संयाेजन शंकरदेवका नेविसंघ नेता दिपक ओझाले गरेका थिए ।
ताजा अपडेट
-
मौसममा एकसाथ तीन वायुको प्रभाव, आज कहाँ–कहाँ पर्छ पानी ?
-
आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु
-
आज मातातीर्थ औँसी, आमाप्रति आदर र सम्मान गरेर मनाइँदै
-
जयविरको समाचारमा देउवा सचिवालयको चिन्ता, तर शेरबहादुरको सम्पत्ति विवरणमा झन ठूलो प्रश्न
-
सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
प्रतिक्रिया