NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २२ गते

संविधानवाद भनेको के हो ? यसका प्रकारहरु उल्लेख गर्नुहोस् ।

संविधानवाद भनेको के हो ? यसका प्रकारहरु उल्लेख गर्नुहोस् । संविधानवादको परिचय – संविधानवाद लोकतान्त्रिक र जनमुखी शासन व्यवस्थाको परिकल्पना हो । – यो संवैधानिक कानुनको आधारमा राज्य अंगहरुको सिर्जना र संचालन गर्नुपर्ने राजनैतिक सिद्धान्त हो । – प्रजातान्त्रिक शासन व्यवस्थाको मूल सार हो संविधानवाद् । – यो सीमित र उत्तरदायी सरकारको अवाधारणा पनि हो । – अधिकार सम्पन्न, स्वतन्त्र र दायित्वबोधी नागरिकको अपेक्षा पनि हो । – राज्यको स्वेच्छाचारिता, संकीर्णता, विभेद, निरंकुशता विरुद्धको आदर्श हो । – लोकतान्त्रिक प्रणाली, विधिको शासन, जनमत निर्देशित नीति निर्णय र सन्तुष्ट जनता सहितको सभ्य शासनको अवधारणा हो । – राज्य शक्तिको प्रयोग स्थापित विधिका आधारमा जनहितका लागि गरिनुपर्छ र शासक विधिबाट नियन्त्रित हुनु पर्दछ भन्ने मान्यता नै संविधानवाद हो । – शक्ति सन्तुलन र नियन्त्रण सहितको शक्ति पृथकीकरण एवं संवैधानिक सर्वोच्चताको व्यवहारिक पालना सहितको शासन व्यवस्थाका रुपमा संविधानवादलाई बुझ्न सकिन्छ  । – राज्यशक्तिको श्रोत जनता र शासक एवं सरकार जनमत अधीनस्थ हुनुपर्ने विचारधारा पनि हो संविधानवाद । संविधानवादको प्रकार राजनीतिक संविधानवाद – जनप्रतिनिधिमुलक व्यवस्थापिका – व्यवस्थापिका एवं जनताप्रति उत्तरदायी कार्यपालिका – आवधिक निर्वाचन – वालिग मताधिकार – विश्वाषको मत र अविश्वाषको प्रस्ताव – अधिकारसम्पन्न संसदीय समिति – संसदीय सुनुवाई – संसदीय अनुमोदन – शक्ति सन्तुलन र नियन्त्रण सहितको शक्ति पृथकीकरण     कानुनी संविधानवाद – जनता वा जनप्रतिनिधि निर्मित संविधान – संवैधानिक एवं कानुनी सर्वोच्चता – मौलिक हकको व्यवस्था – स्वतन्त्र एवं निष्पक्ष न्यायप्रणाली – संवैधानिक उपचारको हक – न्यायिक पूनरावलोकनको व्यवस्था – न्याय सम्बन्धी मौलिक हक – रिट दायर सम्बन्धी व्यवस्था – न्यायको मान्य सिद्धान्तहरु – कानूनको शासन आर्थिक संविधानवाद – संवैधानिक आर्थिक कार्यप्रणाली – जनप्रतिनिधित्वमा आधारित कर प्रणाली र न्यायपूर्ण वितरण प्रणाली – जनहितकारी खर्च प्रणाली – आर्थिक अधिकारको बांडफाँट र सदुपयोग – प्राकृतिक श्रोतसाधनको वितरण र उपयोग सम्बन्धी नीति – लगानी, अनुदान, ऋण, पुँजी प्रवाह सम्बन्धी नीति – साझेदारी नीति र निजी क्षेत्र (वजार) को भूमिका सामाजिक सांस्कृतिक संविधानवाद – धार्मिक सांस्कृतिक सहिष्णुता र सामाजिक संरक्षण – सामाजिक शोषण र विभेद विहिनता – सामाजिक वहुलता र सांस्कृतिक विविधताको सम्मान – खुला, न्यायपूर्ण र समावेशी सामाजिक प्रणाली – नैतिकवान, आदर्श नागरिक समाज – सामाजिक सद्भाव र ऐक्यवद्धता – सामाजिक अवसरको समान अवसर – सामाजिक विकृति, जोखिम र कूरीतिको अन्त्य सारमा संविधानवाद संविधान निर्माणको शक्ति प्रदान गर्ने जनताको चाहना एवं भावना मुताविक शासन संचालन गरी जनताको सुख खुशी र स्वतन्त्रताको सदैव रक्षा एवं प्रवर्दन गर्ने कार्य हो । यो प्रणालीको रटान नभएर व्यवहारिक शासनको संवैधानिक सुनिश्चितताको प्रतिविम्व हो ।