भारतबाट फेरि आइपुग्यो कोरोनाविरुद्धको १० लाख डोज खोप [फोटोफिचर]

काठमाडौं। भारतबाट आइतबार कोरोनाविरुद्धको १० लाख डोज खोप ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज कोभिशिल्ड खोप आइतबार काठमाडौं ल्याइएको हो । उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आएको हो । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ ।
प्रतिक्रिया