प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने

काठमाडौं । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ । संसद सचिवालयले सूचना जारी गर्दै राईविरुद्धको परेको अविश्वासको प्रस्ताव पेश हुने जनाएको हो ।यस अघि २५ माघमा पनि बैठक बोलाइए पनि सत्तारुढ दलले नै अवरुद्ध गर्दा बैठक बस्न सकेको थिएन । राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । संसदमा अब यो प्रस्तावबारे छलफल हुने भएको छ ।
प्रतिक्रिया