प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश, अब के होला ?

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ मा अविश्वासको प्रस्ताव पेश भएको छ । संसद बैठकमा नियमित कार्यसूची अनुसार राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको हो । प्रधानमन्त्रीबाट संविधानमा नभएको व्यवस्था र नभएको अधिकारलाई प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्नु प्रतिगामी कदम भएकोले प्रदेशमा पनि आफूहरुले अविश्वासको प्रस्ताव पेश गरेको प्रचण्ड–माधव नेपाल समूहका नेता इन्द्रबहादुर आङबोले बताए । ‘मुख्यमन्त्रीले प्रधानमन्त्रीको बाध्यात्मक कदम भन्नुभयो तर, हामीले यो कदमलाई अस्वीकार गर्यौं । मुख्यमन्त्रीले स्वीकारे पनि हामीले स्वीकार्न नसक्ने भएपछि हामीले लोकतान्त्रिक विधिमैं रहेर अविश्वासको प्रस्ताव दर्ता गरेका हौं । यसै अनुरुप यो प्रस्ताव लिएर म संसदमा आएको हुँ ।’प्रस्ताव पेश गर्दै आङबोले भने । उनले प्रस्ताव पेश गरेलगत्तै संसदको बैठक २० फागुनमा बस्ने गरी स्थगित भएको जानकारी सभामुख प्रदीपकुमार भण्डारीले बैठकलाई गराएका छन् । १२ पुसमा प्रचण्ड–नेपाल समूहले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । याे पनि पढ्नुस् प्रदेश १ मा शेरधनलाई डर, नेकपाका दुवै पक्षलाई कांग्रेसको भर
प्रतिक्रिया