बहुप्रतिक्षित मेलम्ची सुरुङमा पानी हालेर परीक्षण सुरू

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानीको सुरुङमा आजबाट पानी परीक्षण गर्न सुरु गरिएको छ । २६ किलोमिटर सुरुङमा केहीबेर अघि पानी पठाएर परीक्षण सुरु गरिएको हो । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु गरेको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम गरेर पानी भर्न शुरु गरिएको हो । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिएको छ । साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । सुरुङको परीक्षण राम्रोसँग भएपछि आगामी वैशाखबाट काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउने छन् ।
प्रतिक्रिया