NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

दिल्लीमा भट्टराईको स्वास्थ्य परीक्षण हुँदै भोलि अस्पताल भर्ना गर्ने तयारी

काठमाडौं । आन्द्रामा ट्युमरको आशंकामा उपचारको लागि दिल्ली पुगेका पूर्व प्रधानमन्त्री एवं जसपाका नेता डा. बाबुराम भट्टराई भोलि अस्पताल भर्ना हुने भएका छन् । उनको सचिवालयले भोलि अस्पतालमा भर्ना हुने बताएको छ । ‘स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिनुहुँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई । भारतको नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा भर्ना भई उहाँको स्वास्थ्यको थप परीक्षण हुनेछ । भोलि उहाँलाई अस्पतालमा भर्ना गरिनेछ ।’ भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले फेसबुकमा लेखेका छन् । पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा डा. भट्टराईले परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो(इन्डोक्राइन)को ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा उपचार गर्न गएको उनको सचिवालयले जनाएको छ । यो पनि पढ्नुस् आन्द्रामा ट्युमरको आशंकापछि बाबुराम उपचारका लागि दिल्लीमा