हलिउड अभिनेत्री एनिस्टनले गरिन् नेपाली राष्ट्रपति भण्डारीको प्रशंसा

काठमाडौं । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीलाई परिवर्तनकारी महिला भन्दै प्रशंसा गरेकी छिन् । टिभिसिरिज फ्रेन्ड्सबाट चर्चा बटुलेकी एनिस्टनले आफ्नो इन्स्टाग्राममा भण्डारीको तस्बिरसहित विभिन्न देशका महिला राष्ट्रप्रमुखको तस्बिर सेयर गर्दै प्रशंसा गरेकी हुन् । उनले भण्डारीसहित आफ्नो इन्स्टाग्राम स्टोरीमा जर्मन चान्सलर एन्जेला मर्केल, न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेनसँगै अन्य विभिन्न देशका महिला राष्ट्रप्रमुखको तस्बिर सेयर गरेकी थिइन् । नेपालकी राष्ट्रपति भण्डारी तस्बिर आफ्नो स्टोरीमा राख्दै उनले लेखेकी थिइन्, ‘ परिवर्तन नचाहने शक्तिले विश्वमा हल्ला गरिरहँदा अन्ततः परिवर्तन सम्भव भएको छ ।’ तर, उनले राष्ट्रपति भण्डारीको कुन र कस्तो कदमलाई परिवर्तन भनेकी हुन भन्ने बारेमा भने कुनै संकेत गरिकी थिइनन् ।
प्रतिक्रिया