विप्लवका नेता बास्तोला अदालतको छाड्ने आदेशलगत्तै फेरि पक्राउ

सरकारसँग वार्ताको प्रयास भइरहेको भनिएका बेला विद्रोही विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला फेरि सर्वोच्च अदालत परिसर बाटै पक्राउ परेका छन् । अदालतको आदेश पछि बास्तोला छुट्ने अनुमान गरिए पनि यस अघि जस्तै पुनः पक्राउ परेका हुन् । बन्दी प्रत्यक्षीकरणको मुद्दामा अदालतले बास्तोलाई गैरकानुनी थुनाबाट छोड्न आदेश दिए पनि लगत्तै सर्वोच्च अदालत परिसरबाटै पुनः पक्राउ परेका हुन् । काभ्रेमा बाँस्तोलाविरुद्ध मुद्दा परेकोले पक्राउ गरिएको भन्दै प्रहरीले त्यतै पठाउने तयारी गरिएको बुझिएको छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । उनी केही समय अघि ललितपुरबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया