नेपालमा पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षा हुने

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रहेकामा अन्य भूभागमा मौसम सामान्यतया सफा छ। महाशाखाका अनुसार मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। ‘उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ। प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ। मंगलबार राति .देशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बुधबार पनि प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सोही राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक –दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
प्रतिक्रिया