NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

प्रधानमन्त्रीले डाके सुरक्षा परिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानका लागि सुरक्षा परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको अध्यक्षतामा रहने सुरक्षा परिषदको बैठक मंगलबार बिहान ९ः३० बजेका लागि बोलाइएको हो। रक्षाले यो बैठकलाई नियमित भने पनि राजनीतिक घटनाक्रम पेचिलो बनिरहेका बेला डाकिएको बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला आउने तयारी रहेका बेला बैठक बस्न लागेको हो। निर्वाचन आयोगले निर्वाचनका लागि सामग्री खरिद गर्न मंगलबार मात्र १४ करोड ४० लाखको बोलपत्र आह्वान गरेको छ। परिषदमा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य रहने र रक्षामन्त्रालयका सचिव सदस्य-सचिव भएर काम गर्ने व्यवस्था छ ।

ताजा अपडेट

नेपालवाच विशेष