प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसलाको चरणमा, ‘हेर्दाहेर्दै’ को पेसी आज

सरकारद्वारा ५ पुसमा भएको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसलाको चरणमा पुगेको छ। सोमबार दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीलाई बहसनोट पेस गर्ने समयसीमा तोकेको सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ को पेसी तोकेको छ। सर्वोच्चले यो मुद्दामा अबको केही दिनमै फैसला सुनाउने तयारी गरेको छ। पाँच सदस्यीय संवैधानिक इजलासमा दुवै पक्षको बहस सकिएपछि एमीकस क्युरीका कानुन व्यवसायीले बहस गरेका थिए।
प्रतिक्रिया