सुरक्षा परिषद् लगत्तै मन्त्रिपरिषद् बैठक

सोमबार बस्न नसकेको मन्त्रिपरिषद् बैठक मंगलबारका लागि तय भएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार साँझ ६ बजेका लागि तय भए पनि प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर गएपछि स्थगन भएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबारका लागि मन्त्रिपरिषद् बैठक तय भएको छ। त्यसअघि बालुवाटारमा सुरक्षा परिषद्को बैठक बस्दैछ। सुरक्षा परिषद् बैठकलाई नियमित भनिएको छ। तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वार्ताका लागि प्रतिबन्ध फुकुवाको सर्त राखेका बेला सुरक्षा परिषद् र मन्त्रिपरिषद् बैठक अघिपछि बस्न लागेको हो। सरकारले विप्लव समूहमाथि गत वर्ष प्रतिबन्ध लगाएको थियो।
प्रतिक्रिया