NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

गृहमन्त्रीको टाउको उनकै लागि भारी

काठमाडौँ । नेकपा ओली समुहले अस्ति २५ र २६ माघमा ललितपुरको बालकुमारीस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आफू पक्षिय युवा संघ नेपालको भेला राखेको थियो । भेलालाई गृह मन्त्री रामबहादुर थापा ‘बादल’ समुहले बहिष्कार गरेको प्रचार गरियो । नेकपाको गुट संघर्षमा प्रधानमन्त्री ओलीलाई साथ दिने पूर्व माओवादी केन्द्रका सबैभन्दा उपल्लो नेता थापा नै थिए । पूर्व माओवादी केन्द्रबाट नेकपाको सचिवालयमा रहेका नेतामध्ये ओलीलाई साथ दिने थापा मात्र हुन् । तसर्थ नेकपाको विभाजनले औपचारिक मान्यता नपाउँदै एवं गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीको कदमलाई साथ दिएको ५० दिन पनि नपुग्दै उनीहरुबीच खटपट भएको कुरा चासोको विषय बन्नु स्वभाविकै हो । यसको अन्तर्य के हो त ? नेवालवाचले खोजीनीति गरेको छ । जानकारका अनुसार उनीहरुबीच खटपट हुनुको चुरो कारण गृह मन्त्री थापाको अँ पनि नभन्ने, हँ पनि नभन्ने, जता पनि टाउको हल्लाउने स्वभाव जिम्मेवार छ । पार्टीभित्रका हरेक संघर्षमा थापा अन्तिम क्षणसम्म कतै नखुली मध्यमार्गी बन्ने प्रयास गर्छन । नेकपाभित्रको पछिल्लो शक्ति संघर्षमा पनि थापाले सनातनी स्वभाव नै दोहोर्याएका थिए । ओलीले प्रतिनिधि सभा विघटन गरेको ४ दिन पछि मात्र थापा प्रधानमन्त्रीको कदमलाई साथ दिने निश्कर्षमा पुगेका थिए । युवा संघको भेलामा पनि थापाले समयमै आफू पक्षिय युवाहरुलाई ‘निर्णय’ नदिएकाले खटपट भएको भएको थियो । स्रोतका अनुसार गृह मन्त्री थापाको स्वकीय सचिव बिरु तामाङले पूर्व नेकपामा ओली समुह र प्रचण्ड जस्तै अहिले बादल पक्ष स्थापित गर्ने प्रयास गरिरहेका छन् । गृह मन्त्री थापाका छोरा प्रतिक र तामाङले बुढानिलकण्ठको भित्तामा व्यवसाय समेत चलाईरहेका छन् । जानकारका भनाईमा तामाङले गृहमन्त्री थापा समक्ष विगतमा प्रचण्डले ओलीसँग ६०–४० को भागवण्डा लगाए जस्तै युवा संघभित्र आफ्नो प्रतिशत माग्न आग्रह गरेका थिए । तर, थापाले हुन्छ पनि भनेनन्, हुन्न पनि भनेनन् । टाउको मात्र हल्लाई रहे । युवा संघको भेला हुने दिन पनि तामाङले थापालाई ओली पक्षले आफूहरुसँग कुनै सल्लाह नै नगरी कार्यक्रम आयोजना गरेकाले सहभागी हौं कि बहिष्कार गरौं भनेर सोधेका थिए । यस बेला पनि थापाले सहभागी हुनु पनि भनेनन् । बहिष्कार गर्नु पनि भनेनन् । टाउको मात्र हल्लाई रहे । एक जना मन्त्रीका भनाईमा आफ्ना कमाण्डर तथा गृह मन्त्री थापाको टाउको हल्लाईलाई तामाङले बहिष्कार गरे पनि हुन्छ भन्ने अर्थमा बुझे । र, त्यही अनुसार समाचारलाई भाइरल बनाएका थिए । युवा संघमा गृह मन्त्री थापाको पछि रहेका पूर्व माओवादी समुहलाई कोटा छुट्याएर त्यसको भाग आफूलाई दिनु पर्ने तामाङको जिकिर थियो । तर, ओली पक्षले त्यसलाई निकै हल्का रुपमा लिए । यसपछि तामाङलगायत थापाको पछि रहेका केही युवाहरु भेलामा सहभागी भएका थिएनन् । ‘गृहमन्त्री थापाका पछि रहेकाहरुले उहाँलाई भटाभट छोडिरहेका छन् । आफूसँग भएकाहरुलाई थापाको रोक्न सक्नु भएको छैन । हरेक कुरामा टाउको मात्र हल्लाउनु हुन्छ । आफूसँग रहेका नेता–कार्यकर्तालाई सांगठनिक रुपमा सुरक्षित गराउन, जिम्मेवारी दिलाउन सक्नु भएको छैन’, नेता प्रल्हाद लामिछाने भन्छन्, ‘अब गर्छु मात्र भन्नुहुन्छ । कहिले गर्ने हो ? त्यो पनि थाहा छैन । त्यसैले प्रधानमन्त्री ओलीलगायतले थापालाई भित्रैदेखि विश्वास गर्नु भएको छैन कि जस्तो लाग्छ ।’ यता ओली पक्षले चाहिँ बचनबहादुर सिंहलाई अध्यक्ष चुन्यो । तत्कालीन एमालेनिकट युवा संघ र माओवादी केन्द्रनिकट वाइसिएलले एकताका क्रममा ३ सय ३५ सदस्य केन्द्रीय समिति बनाएका थिए । जसमध्ये पूर्व एमालेबाट १ सय ९२ जना र पूर्व माओवादी केन्द्रबाट १ सय ४३ चुनिएका थिए । पूर्वमाओवादी केन्द्रबाट चुनिएका १ सय ४३ मध्ये ३८ जना आफ्नो पक्षमा रहेको थापा पक्षको दावी छ । ति ३८ जनालाई महत्वपूर्ण जिम्मेवारी दिनु पर्ने उनीहरुको माग थियो । तर, ओली पक्षले उनीहरुका मागलाई गम्भीर रुपमा लिएर पदाधिकारीमा भाउ दिएन । त्यसपछि थापासँग रहेका युवाहरु बाउठिएका थिए । ०६४ को संविधान सभामा तत्कालीन माओवादीका तर्फबाट मकवानपुरबाट निर्वाचित सभासद एवं हाल गृह मन्त्रीसँगै रहेका नेता प्रल्हाद लामिछानेका अनुसार थापाको शैली के हो ? के हो ? अहिलेसम्म बुझ्न सकिएको छैन । ‘गृह मन्त्री थापाका पछि रहेकाहरुले उहाँलाई भटाभट छोडिरहेका छन् । आफूसँग भएकाहरुलाई थापाको रोक्न सक्नु भएको छैन् । हरेक कुरामा टाउको मात्र हल्लाउनु हुन्छ । आफूसँग रहेका नेता–कार्यकर्तालाई सांगठनिक रुपमा सुरक्षित गराउन, जिम्मेवारी दिलाउन सक्नु भएको छैन्’, नेता लामिछाने भन्छन्, ‘अब गर्छु मात्र भन्नु हुन्छ । कहिले गर्ने हो ? त्यो पनि थाहा छैन् । त्यसैले प्रधानमन्त्री ओलीलगायतले थापालाई भित्रैदेखि विस्वास गर्नु भएको छैन कि जस्तो लाग्छ । प्रचण्डले त सार्वजनिक रुपमै गृह मन्त्री थापा मसँग नै आउँदैछन् भनिसक्नु भयो । थापाले प्रचण्डसँग जान्न त भनिरहनु भएको छ । तर, कुरा बुझ्न सकिएको छैन ।’ गृह मन्त्री थापा ओली समुहमा तेस्रो वरियतामा छन् । अस्ति २८ माघमा काठमाडौंमा गरेको सभामा प्रचण्डले केही मन्त्रीहरु छिट्टै आफ्नो समुहमा आउँदैछन् भनेर सार्वजनिक गरेका थिए । तर, प्रचण्डले उनीहरुको नाम भने खुलाएका थिएनन । यता थापाले चाहिँ अस्ति ८ फागुनमा बिराटनगरमा ओली समुहले गरेको सभामा आफू प्रचण्ड समुहमा नर्फकने बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष