निरन्तर बढेर ७२६ रुपैयाँ पुगेको निफ्राको सेयर मूल्य घटेर ५९४ मा आयो

काठमाडौं । कारोबारको पहिलो दिनदेखि नै अस्वभाविक रुपमा बढेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । दिनहुँ १० प्रतिशतले बढ्दै आएको निफ्राको सेयर मंगलबार १० प्रतिशतले घटेर ५९४ मा आएको हो । कारोबार खुलेलगत्तै कम्पनीको सेयर १० प्रतिशतले बढेर ७२६ पुगेको थियो । तर, मूल्य बढेपछि ठूला लगानीले सेयर धेरै बेच्न खोजेपछि निफ्राको सेयर ह्वात्तै घटेर ५९४ मा आएको हो ।
प्रतिक्रिया