NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी, नेपालीमा रामायण हेर्न पाइने

काठमाडौं । चर्चित टिभी प्रस्तोता रवि लामिछानेले ग्यालेक्सी टिभी फोर के लिएर आएका छन् । उनको नयाँ टिभीमा रामायण टेलिश्रृखला नेपालीमा हेर्न पाइने भएको छ । रामायणसहित केबीसीको को बन्छ करोडपति कार्यक्रम पनि ग्यालेक्सी टिभीमा हेर्न पाइने भएको छ । त्यस्तै क्राइम पेट्रोल कार्यक्रम पनि हेर्न पाइने भएको छ । सीधा कुरा जनतासँग कार्यक्रमबाट रवि चर्चित भएका थिए । को बन्छ करोडपति सिजन २ अभिनेता राजेश हमालले संचालन गर्नेछन् । क्राइम पेट्रोल कलाकार कमेडियन दिपकराज गिरीले संचालन गर्नेछन् । त्यस्ते सारेगामापा लिटिल च्याम्पस पनि यो टिभीमा हेर्न पाइनेछ । यो कार्यक्रममा गायिका इन्दिरा जोशी, कालीप्रसाद बास्कोटासहितका जज हुनेछन् । यस कार्यक्रममा बालबालिकाहरुको गायन प्रतिस्पर्धा गराइनेछ । ग्यालेक्सीमा रमेश प्रसाईंले लालमोहर कार्यक्रम लिएर आउँदैछन् । त्यस्तै, कवि नवराज पराजुलीले कार्यक्रम ‘फरएभर’ लिएर आउँदैछन् । यस अघि जस्तै सीधा कुरा कार्यक्रम रवि लामिछाने आफैंले गर्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष