के प्रधानमन्त्री ओलीलाई आफ्नै कानूनी सल्लाहकार खरेलले छोडेका हुन् ? यस्तो छ उनको प्रष्टोक्ति

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले आफूले पदबाट राजीनामा नदिएको बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ सकिएर फैसलाको क्रममा पुगेपछि मङ्घलवार विभिन्न सञ्चार माध्यममा सरकारको बचाऊ गर्न नसकेकोले राजीनामा दिएको भनी प्रकाशित भएको समाचारप्रति गम्भीर ध्यानआर्कषण भएको खरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । साथै उनले राजीनामा दिनुपर्ने कुनै परिस्थिति नरहेको, तथा नियमित रुपमा कार्यालय उपस्थिति भएर कामकारवाही गरिरहेको विज्ञप्तीमा उल्लेख गरेका छन् । महान्याधिवक्ता प्रधानमन्त्रीका कानुनी सल्लाहकार हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा निवेदकका प्रश्नमा उनै खरेलले प्रधानमन्त्रीको कदमको बचाउन गरेका थिए । तर, सर्वोच्चबाट फैसला नै नआउँदै उनले राजीनामा दिएको चर्चापछि उनी विज्ञप्ति नै निकाल्न बाध्य भए ।
प्रतिक्रिया