NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

फोहोरले भरिँदै छ श्लेष्मान्तक वन [फोटो/भिडियो रिपोर्ट]

https://youtu.be/NXuoADURQug काठमाडौँ – पछिल्लो समय पशुपति क्षेत्र अन्तर्गत पर्ने धार्मिक आस्थाको केन्द्र श्लेष्मान्तक वन प्रदूषित बन्दै गइरहेको छ। हिन्दु धर्मावलम्वीको आस्थाको केन्द्र पशुपति क्षेत्र अन्तर्गतको उक्त वन विभिन्न मानवीय क्रियाकलापको कारण फोहोर र दुर्गन्धित बनेको छ। उक्त क्षेत्रमा घुम्न जानेहरूले जथाभावी फोहोर फाल्दा वन फोहोरले भरिन थालेको हो। श्लेष्मान्तक वन हिन्दुहरूका लागि मात्र नभएर क्रिश्चियन धर्मावलम्बीका लागि पनि महत्वपूर्ण छ। त्यहाँ क्रिश्चियन तथा राई लिम्बु समुदायले शव गाड्ने गरेका छन् । तर, शवसँगै ल्याइएका कपडा तथा अन्य वस्तुहरू त्यतिकै जंगलमा छाडिएको छ। यसले जंगलमा बोट विरुवा भन्दा पनि प्लास्टिक, कपडा लगायतका फोहोरजन्य पदार्थको वृद्धि भएको छ। सो क्षेत्रमा घुम्न जानेहरूले पनि त्यहाँ प्लास्टिक, पानीका बोटललगायतका फोहोर त्यतिकै छाड्दा जंगल विस्तारै फोहोरले भरिँदै गएको छ। हिन्दुग्रन्थमा विभिन्न फलफूलका बोटले भरिभराउ श्लेष्मान्तक वनदेखेर महादेव र पार्वती खुसी भइ कैलास छाडेर हरिणका रूपमा श्लेष्मान्तक वनमा रमाउन थालेकोे कथन छ।

ताजा अपडेट

नेपालवाच विशेष