नयाँ निशान म्यागनाईट बजारमा

काठमाडाैँ । पायोनियर मोटो कर्प प्रा.लि. ले नयाँ निशान म्यागनाईटको मूल्य सार्वजनिक गरेको छ । मंगलबार नेपालभरिका सबै डिलरहरु मार्फत बुकिङ खुल्ला गर्दै गाडीको मूल्य सार्वजनिक गरेको हो । ग्राहकहरुले निशानको वेभसाइटमा गएर गाडी बुकिङ गर्न सकिने जनाएको छ । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाईटको मूल्य २९ लाख ४९ हजार रुपैयाँबाट उपलब्ध हुनेछ । निशान मोटर इण्डियाका अध्यक्ष तथा दक्षिण एशिया बजारका इञ्चार्ज सिनन ओजकोकका अनुसार निसान म्याग्नाइटले निसान नेक्स्ट को नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरूवात गर्दछ । समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निसानको मान्यता अनुसार नै यो गाडिमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६०० भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको छ । म्यागनाईटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्ययका साथ निकै गहनताका साथ डिजाईन गरिएको छ। पायोनियर मोटो कर्प प्रा. लि. का प्रबन्ध निर्देशक संदीप कुमार शारदाका अनुसार नयाँ निसान म्याग्नाइटको लन्च निशानको लामो ग्राहक केन्द्रीत यात्रामा एउटा अविस्मरणीय कोषे ढुङ्गाको काम गर्नेछ। ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाईटले पक्कै पनि नेपाली बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्ने कम्पनीको विस्वास छ ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया