संवैधानिक इजलासले गर्यो प्रलोभन, दवाव, धम्कीको वेवास्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ८ फागुनमा बिराटनगर पुगेर अदालतलाई चेतावनी दिएका थिए, संसद पुर्नस्थापना भए झन् ठूलो आन्दोलन हुनेछ । ओलीले खुला रुपमा दिएको धम्की थियो यो । भित्री रुपमा भने न्यायाधीशहरुलाई आफू अनुकूल फैसला गराउन सुवास नेम्वाङ, शंकर पोखरेल, अग्नी खरेललगायत अहोरात्र परिचालित भएका थिए । तर, प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले ति प्रलोभन, दवाव र धम्कीभन्दा माथि उठेर प्रतिनिधिसभाको पुर्नस्थापना गरेको छ । प्रतिनिधि सभा पुर्नस्थापनाका पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता हरीप्रसाद उप्रेतीका अनुसार अदालतले आफ्नो कर्तव्य पुरा गरेको छ । भन्छन्, ‘अदालतको यो फैसला कानूनी राज्य चाहने सबैका लागि खुशीको कुरा हो । फैसलाले मुलुकलाई कानूनको बाटोमा हिडाएको छ ।’
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया